आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको नेपाल बन्द

p style="visibility:visible;">

बचन लाछैन, कस्ले भाँजो हाल्दियो मायाम

(नेपालि लोक गित)

साँइलिको पशल, तुम्बा पनि पाइन्छ

Nepali Folk Lok geet 54 - Banko kafal bankai chari lai, timr

कुर्ता सुर्वाल लाउँदा त यस्ती छौ, कस्ति हौली..

Monday 4 January 2010

वृत्तचित्र ‘हावाको क्यान्भासमा’ प्रदर्शित


हङकङ- संगीतकर्मी दिनेश सुब्बाको सांगीतिक जीवन यात्रामाथि निर्मित वृत्तचित्र ‘हावाको क्यान्भासमा’ को प्रदर्शन ०३ जनवरी आइतबार साँझ याउ मा तेईस्थित हेनरी जी ल्योङ कम्युनिटी सेन्टरमा सान्दार रुपमा सम्पन्न भएको छ ।
युवा निर्देशक रविन राईको निर्माण तथा निर्देशन रहेको करीव सय मिनेट लामो उक्त वृत्तचित्र दृष्ट्रिविहिन बालबालिका अध्ययन रत श्री पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय धरानको सहयोगार्थ प्रदर्शन गरिएको थियो । कार्यक्रममा वृत्तचित्रँहावाको क्यान्भासमा’ को प्रदर्शनपछि दिनेश सुब्बाव्दारा आफ्ना केही गीतहरू प्रस्तुत गरिएको थियो । प्रस्तुत गीतहरुमध्य सुब्बाव्दारा संगीतवद्द एक गीत वादलुको घुम्टोले ईलाम बजार छोपिन्दा बोलको गीतमा सुकु लिम्बूलगायतका नृत्यङ्गनाहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने सोम थापाको शब्द रहेको अर्को एक युगल गीतमा दिनेश सुब्बालाई गायीका रोसा लिम्बूले साथ दिएकी थिइन् । त्यस्तै गरी सुब्बाको लाइभ प्रस्तुति रहेको एक गीतमा वाद्यवादन तर्फ टोपराज लामा, कृष्ण श्रेष्ठ र कमल राईले साथ दिएका थिए । रविन राई धन थापा र दिनेश सुब्बाको संयोजन रहेको यस कार्यक्रमको संचालन देवराज राईले गरका थिए ।
--> Read more...

 

  © 2009 लिम्बू संसार नेपाली भिडियो

True Contemplation Blogger Template by M Shodiq Mustika